४ आश्विन २०८१, शुक्रबार 1726857382
Banner

मनाङको ङिस्याङ गाउँपालिका अध्यक्षमा एमाले उमेदवार विजयी

काठमाडौं । मनाङको ङिस्याङ गाउँपालिकामा नेकपा (एमाले)का उमेदवार विजयी भएका छन् । स्थानीय तह निर्वाचनअन्तर्गत शनिबार सम्पन्न मतगणना अनुसार गाउँपालिकाको अध्यक्ष पदमा एमालेका उमेदवार विजयी भएका हुन् ।

जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार गाउँपालिकाको अध्यक्षमा एमालेका कान्छा घले ८६१ मतका साथ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार छिरिङ ओङमा गुरुङ (घले)ले ७१३ मत ल्याइन् ।

उपाध्यक्षमा स्वतन्त्र उमेदवार छिरिङ गुरुङ ७४४ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेस उमेदवार रिन्जेन धोर्जे गुरुङले ७१९ मत ल्याए । स्वतन्त्र उमेदवार गुरुङलाई नेकपा (एमाले)ले सहयोग गरेको थियो ।