१७ बैशाख २०८३, बिहिबार 1777564865
Banner

काठमाडौँको विष्णुमती नदी आसपासमा सतर्कता अप्नाउन आग्रह

असार २० गते। जल तथा मौसम विज्ञान विभागले काठमाडौँको विष्णुमती नदी किनार आसपासका बासिन्दामा सतर्कता अप्नाउन आग्रह गरेको छ। 

विभागले शुक्रबार साँझ सूचना प्रकाशन गर्दै विष्णुमती नदी गोङ्गबु जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र विष्णुमती नदी किनार भइ यात्रा गर्नेहरुले सतर्कता अप्नाउन आग्रह गरेको हो। 

विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। 

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको अवस्था छ भने कोशी प्रदेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

पछिल्लो तीन घण्टामा सिन्धुपाल्चोकको गोब्रेमा सबैभन्दा बढी ४३.२ मिलिलिटर पानी परेको छ। सोलुखुम्बु, पर्वत लगायतका जिल्लामा मध्यम पानी परिरहेकोले सो क्षेत्रका बासिन्दाले आवश्यक सतर्कता अप्नाउन विभागले आग्रह गरेको छ।