४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 6:02 pm
समाचार

हरिशयनी एकादशी,शरीरलाई विषादिमुक्त र मनशुद्धी गर्ने दिन हो : प्रधानमन्त्री ओली

सूचना प्रेस २०८२ असार २२ आइतबार ००:००, ११:१२ बजे १ मिनेट पढाइ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हरिशयनी एकादशी, तुलसी रोप्ने दिनको अवसरमा शुभकामना दिएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री ओलीले आजको दिन शरीरलाई विषादिमुक्त गर्ने, मनशुद्दी गर्ने र वातावरणीय सन्तुलन कायम राख्ने प्रतिकात्मक दिन पनि भएको बताए।

उनले लेखेका छन् ,आज हरिशयनी एकादशी, तुलसी रोपण गर्ने दिन। आजको दिन शरीरलाई विषादिमुक्त गर्ने, मनशुद्दी गर्ने र वातावरणीय सन्तुलन कायम राख्ने प्रतीकात्मक दिन पनि हो। कम भोजन, ध्यान र उपवासले मानिसलाई शान्त मनोभावमा राख्ने पनि परम्परागत विश्वास रही आएको छ।’धरती र जीवन दुवैमा शान्ति छाओस्। हरिशयनी एकादशीको शुभकामना।’