काठमाडौं । काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आज बस्ने भएको छ ।

मेयर बालेन शाहले दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएको एक वडाध्यक्षले जानकारी दिए । सोहीअनुसार महानगरले सबै जनप्रतिनिधिलाई खबर गरिसकेको छ ।
बैठकबाट आगामी आर्थिक वर्षको बजेटबारे छलफल भएर समय भएमा आजै त्यसको स्वीकृति गर्ने तयारी छ ।
यसअघि प्रमुख प्रशासकीय अधिकृतसँगको विवादका कारण महानगरको बजेट आउन ढिलाइ हुँदै आएको थियो ।


