४ आश्विन २०८१, शुक्रबार 1726871146
Banner

अध्यक्ष ओलीको गृह नगरमा एमालेका वडाध्यक्ष सहित प्यानलकै विजयी सुरुवात

दमक -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगरमा महागठबन्धनलाई परास्त गर्दै वडा नं १ मा एमालेको प्यानल नै विजयी भएको छ ।

अहिले केहीबेर अघि जारी गरिएको मत परिणाम अनुसार मेयरमा गीता अधिकारीको अग्रता सहित वडा अध्यक्ष हरी नेउपानेको प्यानल नै विजयी भएको हो ।

मत परिणाम अनुसार अध्यक्षमा नेउपानेले १२ सय ८८ मत ल्याउँदा उहाँका प्रतिवन्दी गठबन्धनका तारा अधिकारीले १२सय ६३ मत ल्याएर उपविजेता हुनुभएको छ । यसैगरी महिला र दलित महिला सदस्यमा एमालेका उम्मेद्वारले क्रमश १३सय १६ र १३ सय ९ मत ल्याएका छन् । यसैगरी खुला सदस्यमा क्रमश १२ सय ६६ र १२ सय २९ मत ल्याएर एमालेले गठबन्धनलाई परास्त गरेको छ ।
यो वडामा मेयरमा गीता अधिकारीले गठबन्धनलाई ४१ मतले पछाडी पार्दै अग्रता कायम राख्नुभएको छ । उपेमयरमा अम्बिका खनालले ११सय ४९ ल्याउँदा गठबन्धनकी रेगिना प्रसाईंले १२ सय ८४ मत ल्याएर अग्रता कायम गर्नुभएको छ ।