१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 5:37 am
पालिका

हतुवागढी -२ मा एमालेको प्यानलै विजयी

सूचना प्रेस २०७९ जेष्ठ १ आइतबार ००:००, ०५:३१ बजे १ मिनेट पढाइ

भोजपुर -भोजपुरको हतुवागढी गाउँपालिका वडा नम्बर २ को वडाध्यक्षमा एमालेका उम्मेदवार विचारी थापा विजयी हुनुभएको छ ।
आइतबार बिहान साढे ३ बजे सम्पन्न मतगणनामा ६४० मत ल्याएर थापा वडाध्यक्षमा प्यानलसहित विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारद राईले ४७८ मत प्राप्त गरेका छन्।

वडा नम्बर २ मा ११६२ कुल मत खसेको थियो। जसमा नेकपा एमालेका उम्मेदवारहरु प्यानलै विजयी भएका हुन्।