काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सञ्जाल ‘फोन पे’ ले क्षेत्रीय वित्तीय समावेशीताको दिशामा एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ । ‘फोन पे’ नेटवर्कमार्फत प्रशोधित क्रस-बोर्डर युपिआइ ट्रान्जेक्सनहरू अब १० लाख नाघेका छन्। यो उपलब्धिले भारतीय प्रयोगकर्ताहरूका लागि नेपालमा सुरक्षित, सहज र वास्तविक समयमा भुक्तानी गर्न सकिने सुविधालाई नयाँ उचाइमा पुर्याएको छ।

“भारतीय ग्राहकहरू फोन पे नेटवर्कमार्फत भुक्तानी गर्न कति सहज र आत्मविश्वासी महसुश गर्छन् भन्ने कुराको यो उपलब्धिले प्रस्ट संकेत गर्छ ।,” फोन पेका सिइओ दिवश सापकोटा भन्छन्।
भारतीय पर्यटकहरूले नेपालमा क्रस-बोर्डर भुक्तानी गर्दा डिजिटल भुक्तानी प्रविधिको तीव्र अपनत्व देखिएको छ। अझ बढी भारतीय ग्राहकहरू युपिआइ सक्षम एप्स प्रयोग गरी फोनपे क्यूआर स्क्यान गरेर सहज रूपमा भुक्तानी गर्न थालेका छन्। यस अन्तर सञ्चालनीय प्रणालीको सफलताले क्रस-बोर्डर यात्रा, व्यापार र व्यक्तिगत खर्चमा डिजिटल विकल्पप्रतिको बढ्दो विश्वास झल्काउँछ।
प्रमुख उपलब्धिहरू संक्षेपमा :
– कुल युपिआइ ट्रान्जेक्सन संख्या: १० लाख
– कुल युपिआइ कारोबार रकम: २ अर्ब रुपैयाँं
– भौगोलिक पहुँच: ७७ जिल्ला ९१००५०
– व्यापारी पहुँच: देशभर १ लाखं व्यापारी
शीर्ष व्यापारी वर्गहरू:
– खानपिन स्थल र रेस्टुरेन्ट
– किराना पसल
– होटल तथा रिसोर्ट
शीर्ष प्रदर्शन गरेका जिल्ला :
– काठमाडौं
– कास्की
– कैलाली
फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवश कुमार भन्छन्, “१० लाख युपिआइ कारोबार पार गर्नु भनेको नेपालमा भारतीय ग्राहकहरूद्वारा डिजिटल भुक्तानीप्रति देखाइएको विश्वास र अपनत्वको प्रमाण हो। यस माइलस्टोनले भारतीय ग्राहकहरूले फोनपे नेटवर्कप्रति कस्तो सहजता र आत्मविश्वासका साथ भुक्तानी गरिरहेका छन् भन्ने स्पष्ट देखाउँछ। यसले हाम्रो नेटवर्कप्रति राखिएको विश्वास मात्र होइन, सम्पूर्ण क्षेत्रीय डिजिटल अर्थतन्त्रको एकीकृत भविष्यप्रति हाम्रो प्रतिबद्धतालाई पनि पुष्टि गर्छ।”
युपिआइ कारोबारमा आएको वृद्धिको मुख्य कारणहरूमा व्यापारीहरूमाझ बढ्दो स्वीकार्यता, नेपाल भ्रमणमा आउने पर्यटकहरूको वृद्धिदर, र अन्तरसञ्चालनीय क्यूआर भुक्तानी प्रणालीको सहजता पर्दछ। फोन पेले डिजिटल नवप्रवर्तनलाई अगाडि बढाउँदै गर्दा छिट्टै क्रस-बोर्डर भुक्तानी सुविधाहरू र प्रयोगकर्ताको अनुभवमा थप सुधार ल्याउने योजना अगाडि बढाउँदै छ।
फोन पे नेपाल राष्ट्र बैंकबाट अनुमोदित तथा नियमनमा रहेको नेपालकै सबैभन्दा ठूलो भुक्तानी प्रणाली सञ्चालक हो। एफवान सफ्ट ग्रुपको सहायक कम्पनीको रूपमा फोन पेले PCI-DSS प्रमाणीकरण प्राप्त गरेको कम्पनी हो।
फोन पेले बैंक तथा वालेट प्रयोगकर्ता र व्यवसायहरूलाई छरितो, सुरक्षित र भरपर्दो नगदरहित डिजिटल भुक्तानी सेवा प्रदान गर्दै नेपाललाई नगदरहित अर्थतन्त्रतर्फ लैजाने प्रयासमा सक्रिय भूमिका खेलेको छ। प्रविधिको प्रयोगमार्फत मोबाइल भुक्तानी सञ्जालमा नवप्रवर्तन ल्याउने र भुक्तानी प्रणालीको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ।


