हेटौंडा, ३२ असार । बागमती प्रदेश सरकारको आठ करोड तीन लाख ७१ हजार रुपैयाँको लागतमा हेटौंडा उपमहानगरपालिका–१७ हटियामा ३० शय्याको सुविधासम्पन्न प्रहरी अस्पताल भवन निर्माण सुरु भएको छ ।
पहिलो चरणमा १५ शय्याको भवन निर्माणमा गरिनेछ । भवन निर्माणको मङ्गलबार आयोजित एक कार्यक्रममा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने शिलान्यास गरे ।
हेटौंडास्थित बागमती प्रदेश प्रहरी कार्यालयमार्फत सञ्चालन हुने अस्पताल भवनमा सबै किसिमका भौतिक पूर्वाधार एवं संरचना निर्माण गरिने मन्त्री लामिछानेले बताएका छन् । भवन आगामी २०८३ पुस १८ गतेभित्र सम्पन्न लक्ष्य छ ।


