काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) र खल्ती प्रालि (खल्ती) ले आज साउन १ गतेदेखि एकीकृत कारोबार गर्दैछन् ।

आइएमई पे र खल्ती वालेट मर्ज भएर आजबाट ‘खल्ती बाइ आइएमई’ का रुपमा एकीकृत कारोबार सुरु भएको हो । दुवै कम्पनीले आज विशेष कार्यक्रम आयोजना गरि मर्जरको औपचारिक घोषणा समेत गर्दैछन्।मर्जरपछि बनेको खल्ती बाइ आइएमईको मुख्य कार्यालय काठमाडौंको पानी पोखरीमा रहनेछ । मर्जर पश्चात् १ करोड २७ लाखभन्दा बढी प्रयोगकर्ता एउटै एपमा जोडिनेछन् ।
‘आइएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ। यस मर्जरले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने कम्पनीको विश्वास रहको छ ।
आइएमई पेले विसं २०७४ असार ५ गते लाइसेन्स पाएको थियो भने खल्तीले वि.सं २०७६ वैशाख २ गते पाएको हो । सेवाग्राही र पुँजीका आधारमा ‘खल्ती बाइ आइएमई’ लाई देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनाएको कम्पनीले दाबी छ ।


