४ आश्विन २०८१, शुक्रबार 1726871533
Banner

२१ स्थानीय तहको नतिजा सार्वजनिक, कसको कति ?

काठमाडौं । स्थानीय निर्वाचन अन्तर्गत अन्तिम मत परिणाम आउने क्रम जारी छ। आइतबार बिहानसम्म २१ पालिकाको अन्तिम मतपरिणाम आएको निर्वाचन आयोगले जनाएको छ। २१ पालिकामध्ये नेपाली कांग्रेसले ८ पालिकामा जित हासिल गरेको छ भने नेकपा एमालेले ८ वटामै जितेको छ।

त्यस्तै नेकपा माओवादी केन्द्रले तीन र नेकपा एकीकृत समाजवादीले २ पालिका जितेका छन्।

जारी मतगणनाको प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेसले दुई सयभन्दा बढी स्थानीय तहमा अग्रता लिएको छ। यस्तै नेकपा एमालेले डेढ सयभन्दा बढी स्थानीय तहमा अग्रता लिएको निर्वाचन आयोगको भनाइ छ।

त्यसै गरी नेकपा माओवादी केन्द्रले एक सय स्थानमा अग्रता लिँदा अन्य दल र स्वतन्त्रका उम्मेदवार ५० बढी ठाउँमा अगाडी छन्।

यी हुन् विजेता- नाम र मतसहित 

नेकपा एमाले–८

१. धावा सन्दुक गुरुङ, शे फोक्सुन्डोगापा डोल्पा (निर्विरोध)

२. लोप्साङ छोम्पेल विष्ट, लोघेकर दामोदर कुण्डगाउँपालिका (मुस्ताङ) ६ सय ८९ मत

३. लोकेन्द्रबहादुर घले, चामेगापा (मनाङ) ३ सय २० मत

४. कान्छा घले, ङिस्याङगापा (मनाङ)  ८ सय ६१ मत 

५. रिन्जिननाम्ग्याल गुरुङ, वारागुङ मुक्तिक्षेत्रगापा (मुस्ताङ) ८ सय ७६ मत

६.  टसी न्हर्वु गुरुङ लोमन्थाङ गाउँपालिका (मुस्ताङ) ६ सय ६८ मत

७. मिङमा छिरी शेर्पा खुम्बु पासाङ ल्हामु गाउँपालिका (सोलुखुम्बु) २ हजार २८ मत

८. मानविर बोहरा साइपाल गाउँपालिका (बझाङ) ६ सय ७५ मत

नेपाली कांग्रेस – ८

१. कोञ्जो तेञ्जिङ लामा, नार्पाभूमिगापा (मनाङ)  १ सय ५८ मत

२. मोहनसिंह लालचन, घरपझोङ गापा (मुस्ताङ) ७ सय ६० मत 

३. धनबहादुर गुरुङ–  नासो गापा (मनाङ) ८ सय २० मत

४. इन्द्रबहादुर कार्की  गन्यापधुरा गाउँपालिका  (डलेलधुरा) ३ हजार ३८४

५. खिलध्वज पन्थी रेसुङ्गा नगरपालिका  (गुल्मी) ८हजार ६१४ मत

६० सरोज थापा गुल्मीदरवार गाउँपालिका (गुल्मी) ६ हजार १६६ मत

७. भैरवबहादुर साउँद बडीकेदार गाउँपालिका (डोटी) २३४३ मत

८. कर्णबहादुर रावल खार्पुनाथ गाउँपालिका (हुम्ला) १८ सय १० मत

माओवादी  केन्द्र–२

१. नारासिंह रोकाया जगदुल्लागाउँपालिका (डोल्पा) ७ सय ७० मत

२. छविराम सुवेदी नौमुले गाउँपालिका (दैलेख) ३२ सय मत

३. धनबहादुर बिक ताराखोला गाउँपालिका (बागलुङ) २२ सय ८५ मत 

नेकपा एकीकृत समाजवादी -२

१. अंगदकुमार राना, काईकेगापा (डोल्पा) निर्विरोध

२. सेनाङ गुरुङ, छार्का ताङसोङगापा (डोल्पा) निर्विरोध