४ आश्विन २०८१, शुक्रबार 1726878273
Banner

भरतपुरमा मतगणनाको क्रममा विवाद

भरतपुर महानगरपालिकामा मतगणनाको क्रममा विवाद भएको छ । बदर मतको स्थिति बढेपछि प्रतिनिधिहरूबीच विवाद भएको हो । विवाद साम्य पारेर मतगणना सुचारु गर्ने प्रयास भइरहेको मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले बताए ।

‘मत बदरको स्थिति कुनै पुरै बदर छन् । कुनै पदमा मात्रै बदर छन् र कुनैमा पनि नहालेको समेत देखिएको छ । अहिले विवाद भइरहेको छ विवाद समाधान गरेर मतगणनालाई तीव्रता दिने तयारीमा छौँ,’ उनले भने ।

हालै सार्वजनिक नतिजामा भने  सत्ता गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवार रेणु दाहालले १२ सय ८ मत प्राप्त गरेकी छिन् ।  एमालेका उम्मेदवार विजय सुवेदीले १ हजार ८७ मत प्राप्त गरेका छन् ।