२१ बैशाख २०८३, सोमबार 1777940339
विश्व

ब्राजिलमाथि अमेरिकी ट्यारिफ धम्की अस्वीकार्य: राष्ट्रपति लुला

काठमाडौँ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा ब्राजिलमाथि ५० प्रतिशत ट्यारिफ लगाउने चेतावनीप्रति कडा प्रतिक्रिया दिएका छन्।

राष्ट्रपति लुलाले शुक्रबार टेलिभिजनमार्फत सम्बोधन गर्दै ट्रम्पको धम्कीलाई ‘अस्वीकार्य ब्ल्याकमेल’ बताएका हुन्।

पूर्व राष्ट्रपति जाइर बोल्सोनारोविरुद्ध २०२२ को निर्वाचन उल्ट्याउने षड्यन्त्रमा चलिरहेको मुद्दालाई लिएर ट्रम्पले ब्राजिल सरकारमाथि ‘राजनीतिक द्वेष’ प्रेरित कारबाही गरेको आरोप लगाउँदै ट्यारिफ लगाउने चेतावनी दिएका थिए।

यदि दुई देशबीच कुनै सहमति नभएमा, ट्रम्पले घोषणा गरेअनुसार अगस्ट १ देखि ५० प्रतिशत ट्यारिफ लागू हुनेछ।

राष्ट्रपति लुलाले ट्रम्पको समर्थन गर्ने नेताहरूलाई देश विरोधी भएको आरोप लगाएका छन् ।  एजेन्सी