काठमाडौं । स्थानीय निर्वाचन अन्तर्गत मत परिणाम आउने क्रम जारी छ। आइतबार बिहानसम्म २३ पालिकाको अन्तिम मतपरिणाम आएको निर्वाचन आयोगले जनाएको छ। २३ पालिकामध्ये १० वटा स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ भने नेपाली कांग्रेसले ८ वटा स्थानीय तहमा जित हात पारेको छ। त्यस्तै माओवादी केन्द्रले ३ वटा र एकीकृत समाजवादीले २ वटा पालिकामा जित हात पारेका छन्।
यी हुन् विजेता- नाम र मतसहित
नेकपा एमाले–१०
१. धावा सन्दुक गुरुङ, शे फोक्सुन्डोगापा डोल्पा (निर्विरोध)
२. लोप्साङ छोम्पेल विष्ट, लोघेकर दामोदर कुण्डगाउँपालिका (मुस्ताङ) ६ सय ८९ मत
३. लोकेन्द्रबहादुर घले, चामेगापा (मनाङ) ३ सय २० मत
४. कान्छा घले, ङिस्याङगापा (मनाङ) ८ सय ६१ मत
५. रिन्जिननाम्ग्याल गुरुङ, वारागुङ मुक्तिक्षेत्रगापा (मुस्ताङ) ८ सय ७६ मत
६. टसी न्हर्वु गुरुङ लोमन्थाङ गाउँपालिका (मुस्ताङ) ६ सय ६८ मत
७. मिङमा छिरी शेर्पा खुम्बु पासाङ ल्हामु गाउँपालिका (सोलुखुम्बु) २ हजार २८ मत
८. मानविर बोहरा साइपाल गाउँपालिका (बझाङ) ६ सय ७५ मत
९. प्रकाश ओझा नवलपुरको बौदीकाली गाउँपालिका
१०. थलरा गाउँपालिका बझाङ
नेपाली कांग्रेस – ८
१. कोञ्जो तेञ्जिङ लामा, नार्पाभूमिगापा (मनाङ) १ सय ५८ मत
२. मोहनसिंह लालचन, घरपझोङ गापा (मुस्ताङ) ७ सय ६० मत
३. धनबहादुर गुरुङ– नासो गापा (मनाङ) ८ सय २० मत
४. इन्द्रबहादुर कार्की गन्यापधुरा गाउँपालिका (डलेलधुरा) ३ हजार ३८४
५. खिलध्वज पन्थी रेसुङ्गा नगरपालिका (गुल्मी) ८हजार ६१४ मत
६० सरोज थापा गुल्मीदरवार गाउँपालिका (गुल्मी) ६ हजार १६६ मत
७. भैरवबहादुर साउँद बडीकेदार गाउँपालिका (डोटी) २३४३ मत
८. कर्णबहादुर रावल खार्पुनाथ गाउँपालिका (हुम्ला) १८ सय १० मत
माओवादी केन्द्र–२
१. नारासिंह रोकाया जगदुल्लागाउँपालिका (डोल्पा) ७ सय ७० मत
२. छविराम सुवेदी नौमुले गाउँपालिका (दैलेख) ३२ सय मत
३. धनबहादुर बिक ताराखोला गाउँपालिका (बागलुङ) २२ सय ८५ मत
नेकपा एकीकृत समाजवादी -२
१. अंगदकुमार राना, काईकेगापा (डोल्पा) निर्विरोध
२. सेनाङ गुरुङ, छार्का ताङसोङगापा (डोल्पा) निर्विरोध