३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 6:57 am
विश्व

बंगलादेश विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या २७ पुग्यो

सूचना प्रेस २०८२ श्रावण ६ मंगलबार ००:००, ११:२३ बजे १ मिनेट पढाइ

ढाका। बंगलादेशको उत्तरा क्षेत्रमा रहेको माइलस्टोन स्कूल एण्ड कलेजमा हिजो भएको प्रशिक्षण विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । ढाका ट्रिब्युनका अनुसार सो विमान दुर्घटना पछि मृत्यु हुनेमा २५ बालबालिका, एक पाइलट र एक शिक्षक रहेको प्रहरी अधिकारीहरूले पुष्टि गरेका छन् । थप, ७८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

नेशनल इन्स्टिच्युट अफ बर्न एण्ड प्लास्टिक सर्जरीमा मंगलबार बिहान ८ बजे आयोजित ब्रिफिङमा प्रमुख सल्लाहकारका विशेष सहायक डा. सैयदुर रहमानले अपडेट गरिएको मृतकको तथ्यांक पुष्टि गरेका हुन् । उनका अनुसार हालसम्म २० जनाको शव परिवारलाई बुझाइएको छ।

जलेका बालबालिकाका लागि प्रार्थना गर्दै डाक्टर सैयदुरले अस्पतालमा भीडभाड नगर्न आग्रह गरेका छन् । ‘हामीसँग पर्याप्त रक्तदाताहरू छन्, यद्यपि केही नकारात्मक रक्त समूहहरू आवश्यक हुन सक्छ,’ उनले भने ।


अन्तर सेवा जनसम्पर्क निर्देशनालय (आईएसपीआर) का अनुसार एफटी–७बीजीआई लडाकु विमान सोमबार दिउँसो १ः०६ बजे कुर्मिटोला एयरबेसबाट उडेको केही मिनेटपछि दिउँसो १ः१८ बजे मेकानिकल खराबीका कारण दुई तले विद्यालय भवनमा ठोक्किएको थियो । एजेन्सी