काठमाडौं । आजको यूग सूचना प्रविधिको युग । टेक्नोलोजी बिना भविष्यको कल्पना पनि गर्न सकिन्न । नेपालमै बसेर विश्वस्तरको आइटी शिक्षा प्राप्त गर्न सकिने शैक्षिक संस्था गनिदा सफ्टवेरिका कलेज अग्र पंक्तिमा आउने गरेको छ ।
काठमाडौंको डिल्लबजारमा रहेको सफ्टवेरिका कलेज सन २०१० देखि शुरु भएको हो । आइटी डिप्लोमा कोर्षबाट शुरु भएको सफ्टवेरिकाको पहिलो ब्याजमा ७० विद्यार्थी सहभागि थिए । औंलामा गनिन सकिने विद्यार्थी संख्याबाट शुरु भएको सफ्टवेरिकामा अहिले १५ सय विद्यार्थी अध्ययनरत छन ।

अनुभवी, दक्ष शिक्षकद्धारा नियमित कक्षा सन्चालन श्रृजनात्मक वातावरण भएकै कारण सफ्टवेरिका कलेजमा दैनिक विद्यार्थीको संख्यामा बृद्धि भइरहेको छ । यस कलेजमा बिएससी कम्प्युटिङ (३ वर्ष), बिएससी–इथिकल ह्याकिङ एण्ड साइबर (३ वर्ष) , एमएससी–डाटा साइन्स एण्ड कम्प्युटेसनल इन्टेलिजेन्स (२ वर्ष) को कोर्स पढाइ हुन्छ ।
विद्यार्थीको प्रतिभालाई सहयोग गर्न कलेजले विभिन्न वर्कशप, प्रदर्शनी, बुटक्याम्प लगायतका क्रियाकलाप पनि गर्दै आएको छ ।
प्राक्टिकल शिक्षालाई जोड दिएकै कारण तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीले आफैले अनुभव गरेर राम्रा राम्रा प्रोजेक्ट तयार गर्न सफल भएको सफ्टवेरिका कलेज प्रमुख प्रमोद पौडेल बताउनुहुन्छ । विद्यार्थीलाई रिसर्च र एनोभेसनमा जोड दिनकै लागि कलेजले ‘टेक एक्सः एलिभेट २०२५’को आयोजना गरि कलेजकै विद्यार्थी आफैले बनाएका रोबर्टको प्रयोग, आधुनिक कृषि प्रणाली लगायत झण्डै २ सय भन्दा बढि नयाँ नयाँ प्रयोग विद्यार्थीले गरेको उहाँले सुनाउनुभयो । आत्मविश्वास र क्षमताबान विद्यार्थीका लागि कलेजले नै लगानी कर्ताबीच भेट गराएर आत्मनिर्भर पनि गराउने गरेको प्राधानाध्यपक पौडेलको भनाइ छ ।

अन्य कलेजको तुलनामा अलि खर्चिलो भएपनि विदेशको तुलनामा सफ्टवेरिका कलेज सहज र सुलभ छ, उहाँले भन्नुभयो । सफ्टवेरिका कलेजमा आइटी अध्ययन गर्ने विद्यार्थीले अन्य कलेजको शिक्षाको तुलनामा रिटर्न छिटो पाउँछन । यहाँबाट पास भएका विद्यार्थीले सहजै रोजगार पाएका छन्, क्याम्पस प्रमुख पौडेलले भन्नुभयो ।
शिक्षाको आधुनिक सिकाइसँगै, प्रविधिको प्रयोगबाट नेपालमै विश्व स्तरको आइटी शिक्षा दिन सफल भएको उहाँको दाबी छ ।
विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले भन्दा राम्रो शिक्षा नेपालमै प्राप्त गर्न सकेकोमा विद्यार्थीहरुले पनि खुसी व्यक्त गरेका छन् । विदेशमा भन्दा राम्रो सिकाइ नेपालमै भएकाले सफ्टवेरिकामा भर्ना भएको धरानकी सविना राईले बताउनुभयो ।
विदेशका कलेजमा प्रयोग हुने प्रविधि नेपालकै सफ्टवेरिकामा उपलब्ध गराउन सकेको कलेज प्रशासनले जनाएको छ ।
नेपालमै बसी विश्वस्तरको आइटी शिक्षा, आधुनिक प्रयोगशाला, इन्टरशिप अवसर र विदेशी एक्सपोजरसहितको अध्ययन चाहनुहुन्छ भने सप्टेरिका कलेज तपाईका लागि उत्कृष्ट विकल्प पनि हुन सक्दछ ।


