काठमाडौं । ‘नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चर्स एसोसिएसन’ (नाइमा) ले आगामी साउन २१ देखि २५ गतेसम्म भृकुटीमण्डपमा ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ ।

नाइमाले अटो क्षेत्रलाई झल्कने गरी मोबिलिटी एक्स्पो गर्ने तयारी गरिरहेको छ । यसअघि नाडा अटो शोमा सँगै काम गर्दै आएका अटो व्यवसायीहरुले यसपटक नाइमा खोलेर मोबिलिटी एक्स्पो गर्दैछन् । जसमा ५० भन्दा बढी ब्राण्डको सहभागिता हुनेछ ।
कुल ५० ब्राण्ड सहभागी हुने एक्स्पोमा ४८ स्टल रहने छन् । यसमध्ये चार पाङ्ग्रेका २१, दुई पाङ्ग्रेका १७ र व्यावसायिक सवारी साधन ब्राण्डका ७ वटा स्टल रहने छन् । एक्स्पोमा विद्युतीय सवारीसाधन (ईभी), हाइब्रिड र डिजेलरपेट्रोल सवारी साधन प्रदर्शनी हुनेछन् ।
एक्स्पोमा बीवाईडी, सिट्रोन, ग्रेटवाल मोटर्स, ओमोडा, हुन्डाई, एमजी, महिन्द्रा, किया, प्रोटोन र टोयोटा ब्राण्डलाई सहभागी गराइनेछ ।


