काठमाडौं । एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चर प्रालिले ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ मा २ नयाँ मोडल लन्च गर्ने भएको छ। नेक्सन भेन्चरले एलईभी ०५ र एलईभी एक्स गरी दुई नयाँ मोडल लन्च गर्ने भएको हो ।

नाइमा मोबिलिटी एक्स्पो आगामी २१ देखि २५ साउनसम्म काठमाडौं भृकुटीमण्डपमा आयोजना हुँदै छ।
एलईभी ०५
एलईभी ०५ प्रिमियम ह्याचब्याक सेग्मेन्टका इलेक्ट्रिक कार हो। यसको लम्बाइ ४२०० एमएम, चौडाइ १७७० एमएम र उचाइ १६१० एमएम छ।
यो कारमा २६५० एमएम लामो ह्विलबेस छ। १७ इन्चको अलोय ह्विल रहेको एलईभी ०५ मा १७५ एमएम ग्राउन्ड क्लियरेन्स छ। एलईभी ०५ लाई कम्पनीले ५० किलोवाटको फ्रन्ट ह्विल ड्राइभ मोटरमा ल्याउने छ। यो यसको अधिकतम टर्क १८० न्युटन मिटर छ।
यो कारमा सेग्मेन्ट फस्ट सबैभन्दा ठूलो साइजको ब्याट्री प्याक छ। एलईभी ०५ मा ५६ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक छ। जसले सिंगल चार्जमा ४०० किलोमिटरभन्दा बढी रेन्ज दिन्छ।
यो कारलाई ६० किलोवाटको डीसी फास्ट चार्जर र ७ किलोवाटको एसी चार्जरले चार्ज गर्न सकिन्छ।
एलईभी एक्स
नेक्सन भेन्चरले लन्च गर्न लागेको अर्को मोडल एलईभी९एक्स हो। क्रसओभर एसयूभी डिजाइनको यो इभी यस अघिनै नेपाली बजारमा बिक्री भईरहेको एलईभी ०१ को फोर ह्वील ड्राइभ भर्सन हो। एलईभी एक्समा मोटर पावरको साथै केही फिचर थप भएर आउने छ। एलईभी एक्समा फ्रन्ट र रियर गरी २०० किलोवाटको मोटर रहने छ।
यसमा ७७ किलोवाट आवरको ठूलो साइजको ब्याट्रीप्याक रहनेछ। एलईभी एक्सको ड्यासबोर्डमा नयाँ डिजाइनको एसी भेन्ट आएको छ। साथै यसको फ्रन्टमा हाइड्रोलिक बोनेट र थप लगेज स्टोरेजको लागि फ्रङ्स समेत थपिएको छ। नेक्सन भेन्चरले एलएस अटोको नयाँ शोरुम तीनकुने एयरपोर्ट कार्गो टर्मिनल अगाडि संचालनमा ल्याएको छ।


