४ आश्विन २०८१, शुक्रबार 1726866339
पालिका

काठमाडौंमा वालेन करिब १५ सय मतले अगाडि

काठमाडौँ — काठमाडौं महानगरपालिकामा स्वतन्त्रतर्फका मेयर प्रत्याशी वालेन्द्र साहले नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा १४६५ मतले अगाडि रहेका छन् ।

अहिलेसम्मको मत परिणामअनुसार साहले ३ हजार १ सय १० मतका साथ अग्रता कायम गरिरहेका छन् भने एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ६ सय ४५ मतका साथ उनलाई पछ्याइरहेका छन् ।त्यस्तै गठबन्धनतर्फबाट काठमाडौंको मेयरमा उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी सिर्जना सिंह १ हजार ६ सय २ मतका साथ तेस्रो स्थानमा रहेकी छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मदनदास श्रेष्ठले १ सय ६५ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा एमालेको तर्फबाट उम्मेदवारी दिएकी सुनिता डंगोलले २ हजार मतका साथ अग्रता लिएकी छन् भने गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५ सय ८० मतका साथ उनलाई पछ्याइरहेका छन् । यसैगरी राप्रपाकी बिनिता मगैया ५ सय १३ मतका साथ तेस्रो स्थानमा छिन् ।