दयपुर । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका–८ बबलाबाट एक महिलालाई अवैध लागुऔषधसहित पक्राउ गरेको छ । सोही स्थान बस्ने ४५ वर्षीय देवकुमारी थापामगरलाई बुधबार ३० केजी ३६० ग्राम प्रतिबन्धित लागूऔषध गाँजासहित पक्राउ गरिएको हो ।
पक्राउ परेकी मगरले आफ्नै घरमा भण्डारण गरी राखेको उक्त प्रतिबन्धित लागू औषध गाँजा बरामद गरी निजलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


