४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 5:40 pm
अर्थ

सुनको मूल्य स्थिर, चाँदीको सामान्य बढ्यो

सूचना प्रेस २०८२ श्रावण १२ सोमबार ००:००, ११:४९ बजे १ मिनेट पढाइ

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो।

यस्तै चाँदीको मूल्य भने सामान्य बढेको छ।  आइतबार तोलामा २ हजार २९० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार रु ५ बढेर तोलामा २ हजार २९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।