८ आश्विन २०८१, मंगलबार 1727169480
Banner

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुबेतको जजिरा एयरवेजको पहिलो उडान

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुबेतको जजिरा एयरवेजको विमान अवतरण भएको छ । विमानस्थलको औपचारिक उद्घाटनको क्रममा कुबेतबाट आएको जजिरा एयरबेजको विमान अवतरण गरेको छ । 

जजिरा अगाडि काठमाडौंबाट गएको नेपाल एयरलाइन्सको जहाज अवतरण भएको थियो । जजिराले बुद्ध जयन्तीको अवसर पारेर गौतमबुद्धमा पहिलो अन्तर्राष्ट्रिय उडान गरेको हो भने नेपाल एयरलाइन्सले काठमाडौंबाट व्यवसायिक उडान सुरु गरेको हो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय व्यवसायिक उडान भने जेठ २९ गतेमात्र हुनेछ ।