४ आश्विन २०८१, शुक्रबार 1726866653
पालिका

कांग्रेस लुम्बिनी सहमहामन्त्री मुस्कानले दिए राजीनामा

अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान)ले सहमहामन्त्री पदबाट राजीनामा दिएका छन् ।

स्थानीय तह निर्वाचन २०७९ मा आफ्नो गृहजिल्ला अर्घाखाँचीमा नेपाली कांग्रेसले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको तथा २०७४ सालको स्थानीय निर्वाचनमा जितेका स्थानसमेत गुमेको भन्दै उनले राजीनामा दिएका हुन् ।

२०७४ सालको निर्वाचनमा जिल्ला सभापति रहेका मुस्कान अहिले नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सहमहामन्त्री छन् ।