४ आश्विन २०८१, शुक्रबार 1726864518
पालिका

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा एमालेका खिम थापा विजयी

स्याङ्जा — स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका खिमबहादुर थापा पुन: दोस्रोपटक विजयी भएका छन् । यसभन्दा अघिपनि अध्यक्ष पदमै ५ वर्ष काम गरेका थापा कांग्रेसकी माया रानालाई १ हजार ६ सय ४५ मतान्तरको फरक पार्दै विजयी घोषित भएका हुन् ।निर्वाचन अधिकृत रामप्रसाद अधिकारीका अनुसार थापाले ६ हजार ७ सय मत प्राप्त गरेका छन् भने कांग्रेसकी रानाले ५ हजार ५५ मत प्राप्त गरेकी छन् ।

यस्तै, उपाध्यक्षमा एमालेकै सावित्रा कोइराला विजयी भएकी छन् । राष्ट्रिय जनमुक्ति पार्टीका बमबहादुर लामिछानेलाई १ हजार ३ सय ९३ मतले पछाडि पार्दै उनी विजयी घोषित भएकी हुन् । उनले ६ हजार २ सय २३ मत प्राप्त गरेकी छन् भने लामिछानेले ४ हजार ८ सय ३० मत प्राप्त गरेका छन् ।

सावित्रा यसभन्दा अघि पनि उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् । कालीगण्डकीको ७ नम्बर वडामा ३ मतले कांग्रेस विजयी भएपछि एमालेले पुन: मतगणना गर्न माग गर्दै निवेदन दिएको छ ।