४ आश्विन २०८१, शुक्रबार 1726866499
पालिका

तनहुँको घिरिङमा एमालेका थापा र अधिकारी बिजयी

तनहुँ — घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका होमबहादुर थापा र राधादेवी अधिकारी निर्वाचित भएका छन् । थापाले ४ हजार ३३१ र अधिकारीले ४ हजार ४८१ मत ल्याएर बिजयी भए । दुवै पदमा एमालेविरुद्व नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन थियो । गठबन्धनबाट अध्यक्ष पदमा कांग्रेसका उम्मेद्वार गंगाराम कुमालले ३ हजार ५५४ मत र समाजवादीबाट उपाध्यक्षका उम्मेद्वार पुर्णबहादुर थापाले २ हजार ७४७ मत ल्याएका छन् ।

यस्तै, घिरिङ–१ मा कांग्रेसबाट रविन्द्र घोरासिनी, घिरिङ–२ मा एमालेबाट नरबहादुर थापा, घिरिङ–३ मा एमालेबाट तहलसिं थापा, घिरिङ–४ मा एमालेबाट भिमबहादुर कुमाल र घिरिङ–५ मा कांग्रेसबाट विष्णुवीर आले वडाध्यक्षमा निर्वाचित भएका छन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा पनि नेकपा एमालेले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा बिजयी भएको थियो ।