२६ जेष्ठ २०८३, मंगलबार 1781045268
Banner

भरतपुर महानगरमा,विजय सुवेदीको अग्रता कायमै

भरतपुर महानगरमा १४ हजार बढी मत गन्दा नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले अग्रता कायम राखेका छन्।१४ हजार ३० मत गणना गर्दा सुवेदीले ४७५७ मत पाएका छन् भने सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले ४७०३ मत पाएकी छन्।

बागी उम्मेदवार जगन्नाथ पौडेलले २१३१ मत पाएका छन्।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ५५९५ मत पाएका छन् भने राप्रपाकी हिमला गुरूङले ३७८९ मत पाएकी छन्।मतगणना जारी छ।