४ आश्विन २०८१, शुक्रबार 1726880942
राजनीति

संखुवासभाको पाँचखपनको मेयरमा काँग्रेसका विपिन राई निर्वाचित

काठमाडौं । संखुवासभाको पाँचखपन नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

कांग्रेसका उम्मेदवार विपिन राई चार हजार ७८८ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हिन्दुकुमार राईले तीन हजार ४३७ मत पाउनुभएको छ ।
त्यस्तै उपपपमुखमा नेकपा एकीकृत समाजवादीकी सुमुना श्रेष्ठ निर्वाचित हुनुभएको छ । उनले तीन हजार ८३४ मत पाएकी छन् भने उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अनिता न्यौपानेले तीन हजार ४८७ मत पाउनुभएको हो ।