५ आश्विन २०८१, शनिबार 1726925869
Banner

बालेनको अग्रता कायमै

काठमाडौं -काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह ११ हजार ५०० मतको नजिकै पुग्दा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ६ हजार मत कटेको छ ।

मतगणनाको पछिल्लो परिणाम अनुसार साहले ११ हजार ४ सय ३५ मतसहित अग्रता कायमै राखेका छन् । दोस्रो स्थानमा रहेका स्थापितले ६ हजार २ सय ५८ मत छ । बालेनले स्थापितविरुद्ध ५ हजार १ सय ७६ मतको अन्तर बनाउनुभएको छ ।

तेस्रो स्थानमा रहेकी गठबन्धन तर्फबाट कांग्रेसकी सिर्जना सिंहले ५ हजार ४ सय ८३ मत ल्याउनुभएको छ ।