५ आश्विन २०८१, शनिबार 1726922343
Banner

लमजुङको बेंसीसहर नगरपालिकामा एमालेका अर्याल पुनः विजयी

लमजुङ — लमजुङको सदरमुकाम रहेको बेंसीसहर नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । यसअघि ५ बर्ष नगरपालिकाको प्रमुखमा रहेर काम गरेका गुमानसिंह अर्याल पुनः ५ बर्षका लागि नगरप्रमुखमा निर्वाचित भएका छन् ।

शिक्षक पेशा त्योगेर उम्मेदवारी दिएकी पद्मा गुरुङ उपप्रमुखमा निर्वाचित भएकी छन् । दुवैजना सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै प्रमुख र उपप्रमुखमा निर्वाचित भएका हुन् ।