४ आश्विन २०८१, शुक्रबार 1726867819
पालिका

सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकामा नेकपा (एमाले) विजयी

काठमाडौं । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ । गाउँपालिका अध्यक्षमा एमाले पूर्व जिल्ला अध्यक्ष झम्कनाथ नेपाल विजयी भए । 

नेपाल ०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा कांग्रेसका वंशलाल तामाङ सँग पराजित भएका थिए । उनले यसपटक भने कांग्रेसका निर्वतमान जिल्ला सभापतिलाई पराजित गरेका छन् ।
 
विजयी नेपालले ७ हजार १२७ मत प्राप्त गरे । पराजित कांग्रेसका नेता तथा निर्वतमान जिल्ला सभापति विकाश लामाले ६ हजार १५२ मत प्राप्त गरे । माओवादी केन्द्रका ठूलोबाबु श्रेष्ठले ४ हजार १३४ मत प्राप्त गरे ।
 
उपाध्यक्षमा पनि एमाले विजयी भएको छ । पार्टीबाट उमेदवार शोभना तामाङले ६ हजार ५१३ मतका साथ विजयी भइन् ।

कांग्रेसकी दया कुमारी मिश्रले ६ हजार ४६३ मत प्राप्त गरिन् । माओवादी उमेदवार सुमित्रा आचार्यले ३ हजार ९४६ मत प्राप्त गरिन् ।