काठमाडौँ । नेपालमा वर्खायाम लागेसँगै डेंगुको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ । एक हप्तामा मात्रै १९८ नयाँ बिरामी थपिएका छन् भने २ जनाको मृत्यु भएको छ ।
पुस महिनयता ३ हजार १३० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसिडी) ले जारी गरेको सूचना अनुसार यस वर्ष डेंगुका कारण २ जनाको मृत्यु भएको छ ।
देशभर डेंगुको जोखिम बढ्दै गएको हो । पछिल्लो २४ घण्टामा २९ जना सङ्क्रमित भएका छन् । यस्तै, देशभरका ७७ जिल्लामध्ये ७४ जिल्लामा डेंगु फैलिएको छ ।
गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित देखिएको छ । सो प्रदेशमा ८९९ जना सङ्क्रमित भएका छन् । बागमती प्रदेशमा ६५१ र कोशी प्रदेश मा ५४९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो एक हप्ताको तथ्याङ्कमा भने लुम्बिनी प्रदेश मा सबैभन्दा धेरै ४८ र बागमती प्रदेश मा ४३ नयाँ बिरामी देखिएका छन् ।


