१ जेष्ठ २०८३, शुक्रबार 1778897012
समाचार

स्वास्थ्य प्रतिकुलताका कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम आज नहुने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज संसद् बैठकमा उपस्थित नहुने भएका छन् । स्वास्थ्य प्रतिकुलताको कारण उनी बैठकमा उपस्थित नहुने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । कार्यव्यवस्था परामर्श समितिको बैठकमा बर्तौलाले  ‘स्वास्थ्यका कारण सम्माननीय प्रधानमन्त्री प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि आज संसद् बैठकमा आउन नसक्ने’ जानकारी गराएका थिए ।

यससँगै प्रधानमन्त्रीसँगको सांसदहरुको प्रश्नोत्तर कार्यक्रम आज नहुने भएको छ । यसअघि आजको बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरूले सोध्ने प्रश्नको जवाफ दिने कार्यसूची तय भएको थियो ।