काठमाडौँ । प्रहरीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ स्थित गठ्ठाघरबाट खैरो हेरोइन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको कानेपोखरी गाउँपालिका–३ घर भएका ३० वर्षीय शरण राई छन् ।
आरोपीको साथबाट १० ग्राम ६४ मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले बताए । उनको साथमा लागुऔषध जोख्ने डिजिटल तराजु पनि भेटिएको छ । आरोपी विरुद्ध ७ दिनको म्याद लिएर लागुऔषध मुद्दामा अनुसन्धान भइरहेको डीएसपी नेउपानेले जानकारी दिए ।


