काठमाडौँ । भक्तपुर र कास्कीबाट जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका-१ दधिकोट तर्खाल बस्ने ४३ वर्षीय सुमन खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सुमन समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार नेपाली रुपैयाँ, ३ हजार ७ सय भारतीय रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
उता, कास्कीको पोखरा महानगरपालिका-८ बगालेटोल बस्ने ३५ वर्षीय लक्ष्मण कुँवरको घरमा जुवातास खेलिरहेको अवस्थामा लक्ष्मण समेत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २१ हजार ४ सय २५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


