काठमाठौं । आगामी दशैँलाई लक्षित गर्दै यही भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट सटहीको व्यवस्था गरिएको छ ।
नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै २०८२ सालको दशैँको लागि यस पटक पनि सुकिला नोट सटहीको व्यवस्था गरेको जानकारी दिएको छ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागको थापाथलीस्थित कार्यालयसँगै प्रदेश कार्यालयहरु विराटनगर, जनकुपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट दसैँका लागि सुकिला नोट साट्न सकिन्छ।
बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूमा पनि सर्वसाधारण तथा वित्तीय संघसंस्थाले नोट सटही सुविधा पाउने राष्ट्र बैंकले जनाएको छ । बैंकहरूले गत वर्षदेखि नयाँ नोट सटही गरेको छैन । चाडपर्वका बेला रु पाँच, १०, २०, ५० र १०० दरका नोटको माग अधिक हुने गरेको छ । चाडपर्वका बेला नै केन्द्रीय बैंकले मैला नोट खिचेर नयाँ नोट बजारमा पठाउँदै आएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०६७/६८ को मौद्रिक नीति मार्फत ‘सफा नोट नीति’ सार्वजनिक गरेको थियो । आार्थिक कारोबारमा सफा नोट मात्र प्रयोग गर्ने र झुत्रा नोट बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैैंकलाई बुझाउने गरेका छन् ।
अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरी विदेशमा नोट छापिने हुने गरेको छ । यसो गर्दा राज्यकोषबाट धेरै खर्च हुने भएकाले नोट सफा राख्न केन्द्रीय बैंकले अनुरोध गर्दै आएको छ ।


