४ आश्विन २०८१, शुक्रबार 1726875088
पालिका

व्यासको मेयरमा स्वतन्त्र उम्मेदवार जोशीको अग्रता

दमौली- तनहुँको व्यास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता लिएका छन् ।

हालसम्म गणना भएकामध्ये स्वतन्त्र उम्मेदवार जोशीले एक हजार ३१६ मत प्राप्त गरेका छन्। प्रतिस्पर्धी नेपाली कांग्रेसका बैकुण्ठ न्यौपानेले ८६१ मत प्राप्त गरेका छन्।उपमेयरमा नेकपा एमालेका बसुन्धरा घर्तीले अग्रता लिएकी छन् । घर्तीले एक हजार ३४ मत प्राप्त गरेकी छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्दिरा दरैले ९६५ मत प्राप्त गरेकी हुन् । चौध वडामध्ये व्यासका वडा नं १, २, ३ र ४ को मतगणना भइरहेको छ ।