३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 7:29 am
Banner

रसुवामा अनिश्चितकालीन कर्फ्यु जारी

सूचना प्रेस २०८२ भदौ २५ बुधबार ००:००, ११:५३ बजे १ मिनेट पढाइ

रसुवा, २५ भदौ । रसुवामा अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आज बिहान सूचना निकालेर जिल्लाभर कर्फ्यु आदेश जारी भएको जानकारी दिएको हो ।

प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जारी गरेको सूचनामा आज भदौ २५ गते बिहान १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्लाको सबै सीमा क्षेत्रभित्र कर्फ्यु लगाइएको उल्लेख छ । कर्फ्यु अवधिभर आउजाउ गर्न, भेला, जुलुस, प्रदर्शन, सभा बैठक, घेराउ गर्न नपाइने सूचनामा उल्लेख छ ।