काठमाडाैं । सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको पिडितले खुलासा गरेपछि यतिवेला महिलाहरू प्रदर्शनमा उत्रिएका छन् । सुन्दरी प्रतियोगिताका आयोजकबाट यौन उत्पीडन भएको घटना सार्वजनिक भएसँगै पीडितलाई न्याय र पीडकलाई कारबाही गर्न राज्यमाथि निरन्तर दबाब परिरहेको छ ।
यसैक्रममा हिजो प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेका अगुवा महिलाहरुले आज माइतीघरमा प्रदर्शन गरेका छन् ।