रुपन्देही । पानी तान्ने मोटरमा करेन्ट लागेर रूपन्देहीको गैडहवामा एक दम्पतीले ज्यान गुमाएका छन् ।
गैडहवा गाउँपालिका–६ कानीजहवा निवासी ७५ वर्षीय रामरतन सैठवार र उनकी पत्नी ६८ वर्षीया अकालीसिंहको आज बिहान मृत्यु भएको हो । खेतमा लगाएको तरकारीमा चाइका लागि मोटरबाट पानी तान्ने क्रममा उनीहरूको करेन्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीका अनुसार ह्याण्ड पाइपबाट पानी तान्न मोटरको तार जोड्दा करेन्ट लागेर दुवैजनाको मृत्यु भएको हो ।
सुरूमा पत्नीलाई करेन्ट लागेको र छुटाउन जाँदा रामरतनलाई पनि करेन्टले भेटेको कार्कीले बताए । मोटरको तार पावर सकेटमा जोड्ने टुपिन नहुँदा नाङ्गो तार जोड्ने क्रममा करेन्ट लागेको प्रहरीको भनाइ छ । दुवैजनाको शव पोष्टमार्टमका लागि भीम अस्पताल भैरहवा पठाइएको छ ।


