धनुषा । धनुषामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

जनकनन्दिनी गाउँपालिका–५ बनरझुलाका १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्रको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए । उनका अनुसार कमला नगरपालिका –२ माची र लगमाबीचको खोक्साहा पुल नजिक मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
सो दुर्घटनामा पछाडि सवार १७ वर्षीय राहुल महतो गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


