काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्षबाट राजीनामा दिएकी छन् ।

निवर्तमान परराष्ट्रमन्त्री समेत रहेकी देउवाले स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी हुन् । राणाले अभिभावकको बैठकमा राजीनामा दिएको जानकारी गराएको एक अभिभावकले बताए ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा उक्त स्कुलमा तोडफोड र आगजनी भएको थियो । उक्त घटनाबाट स्कुलमा व्यापक क्षति भएको थियो । राणा उक्त स्कुलको लगानीकर्ता नभई व्यवस्थापन समितिको अध्यक्षमात्रै हुन् । तर, जेनजी आन्दोलनका क्रममा प्रदर्सनकारीको भीडले आरजुको स्कुल भन्दै युलेन्समा तोडफोड र आगजनी गरेका थिए ।


