५ आश्विन २०८१, शनिबार 1726906951
राजनीति

मोरङको सुन्दर हरैचा नगरपालिकामा एमालेका केदारप्रसाद गुरागाईं र अकली चौधरी विजयी

विराटनगर- मोरङको सुन्दर हरैचा नगरपालिका प्रमुख र उपप्रमुख दुबैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

मेयरमा एमाले उम्मेदवार केदारप्रसाद गुरागाईंले कांग्रेसका शिवप्रसाद ढकाललाई ७ सय २७ मतले हराउँदै विजयी हुनुभयो ।
गुरागाईंले २१ हजार ४ सय ५ मत ल्याउँदा ढकालले २० हजार ६ सय ७८ मत ल्याएर पराजित हुनुभयो।

त्यसैगरी उपमेयरमा एमालेकै अकली चौधरी विजयी हुनुभएको छ । उहाँले २२ हजार ४ सय ५२ मत ल्याउँदा माओवादी केन्द्रका नवराज चापागाईंले ११ हजार ३ सय मत ल्याउनुभयो। योसँगै मोरङका सबै १७ पालिकाको अन्तिम परिणाम सकिएको छ। जसमा ९ वटा पालिकामा एमालेले जित्यो भने ८ वटामा कांग्रेसले जित्यो।