५ आश्विन २०८१, शनिबार 1726907675
राजनीति

गौरादह मेयरमा छत्रपति उपमेयरमा जलवर्षा निर्वाचित

गौरादह । अघिल्लो पटक एमालेले गुमाएको गौरादह नगरपालिका यसवर्ष फिर्ता ल्याएको छ ।
गएराती सकिएको मतगणना अनुसार मेयरमा एमालेका छत्रपति सुवेदी र उपमेयरमा जलवर्षा राजवंसी विजयी हुनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यलयले जनाए अनुसार एमालेका सुवेदीले १२ हजार ८ सय ४९ मत ल्याँउदा गठबन्धनका रोहित कुमार साहले ११ हजार ४ सय ८४ मत ल्याउनुभएको छ ।
यसैगरी उपमेयरमा एमालेकी राजवंसीले ११ हजार ९ सय १४ मत ल्याँउदा गठबन्धनका पुष्प ढकालले १० हजार ४ सय ३८ मत प्राप्त गर्नुभएको छ ।