काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले प्रहरीमा उजुरी दिएको छ ।

नेविसंघले जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरमा उजुरी दिएको हो । गत भदौ २३ र २४ को जेनजी युवा आन्दोलनमा भएको अप्रिय घटनामा उनीहरुमाथि अनुसन्धान गर्नुपर्ने नेविसंघको माग छ । विद्यार्थीहरुलाई आन्दोलनमा आउन उक्साएको, आगजनी र तोडफोड गरेर राष्ट्रिय सम्पदामा क्षति पुर्याएको, सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको घटनामा उनीहरुमाथि अनुसन्धान हुनुपर्ने उजुरीमा उल्लेख छ ।
उजुरी दिनेमा नेविसंघ केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट, विजय शाह छन् ।


