१७ असार २०८३, बुधबार 1782896397
Banner

निर्वाचनबारे प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्ष दाहालबीच छलफल

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभा निर्वाचन र अन्य समसामयिक विषयमा छलफल गरेका छन्।

आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा अध्यक्ष दाहालले आगामी फागुन २० गते राष्ट्रियसभाको एक तिहाइ सदस्यहरूको कार्यकाल समाप्त हुने भएकाले त्यसको ३५ दिनअघि निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था बारे प्रधानमन्त्रीलाई जानकारी गराउँदै आवश्यक तयारीका लागि परामर्श गरेका हुन्।

सिंहदरबारबाट बाहिरिँदै अध्यक्ष दाहालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रियसभा निर्वाचनका साथै संसद बैठक बोलाउने विषयमा पनि छलफल भएको बताए।