काठमाडौ, ११ कात्तिक । सुडानका सेना प्रमुख अब्देल फतह अल–बुरहानले सोमबार दारफरको सहर एल–फसरबाट सैनिकहरू फिर्ता भएको घोषणा गरेका छन् । सुडानको विद्रोही अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ)ले सहरको मुख्य सैन्य अड्डामा कब्जा जमाएको छ । अब आधा बालबालिका करिब अढाइ लाख मानिस रहेको आरएसएफको नियन्त्रणमा गएको छ ।
अल–बुरहानले यो कदम नागरिकहरूको ज्यान बचाउनका लागि चालिएको बताए । उनले भने, “आरएसएफद्वारा नागरिकहरूको हत्या र विनाशका कारण सेना पछि हटिरहेको छ,” उनले भने, “हामी आफ्ना मानिसहरूसँग जे भयो, त्यसको बदला लिनेछौँ । हामी यी अपराधीहरूलाई जवाफदेही बनाउनेछौँ ।”
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले यी घटनाहरूलाई द्वन्द्वमा भयानक बढोत्तरीको संज्ञा दिएका छन् । “सुडानमा हामीले देखिरहेको पीडा असहनीय छ,” उनले भनेका छन् । संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालयले आरएसएफ लडाकुहरूले भाग्ने प्रयास गरिरहेका नागरिकहरूको तत्काल हत्या गरको र यी नस्लीय कारणहरूले हमलाहरू भएको संकत मिलेको बताएको छ ।
जर्मनीको विदेश कार्यालयले सोमबार राति सामाजिक संजाल ‘एक्स’मा लेख्दै भन्यो, “आरएसएफ लडाकुहरूले सुडानको एल–फसरको ठूलो हिस्सामा नियन्त्रण गरिरहेकाले हामी जिम्मेवार व्यक्तिहरूलाई सहरमा फसेका नागरिकहरूविरुद्ध सबै प्रकारको हिंसा रोक्न आग्रह गर्दछौँ । हत्या, बलात्कार र अत्याचार अब बन्द हुनुपर्छ ।”


