२६ कार्तिक २०८३, बिहिबार Thursday, 12 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 10:32 pm
खेलकुद

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक रसले दिए राजीनामा

सूचना प्रेस २०८२ कार्तिक १३ बिहिबार ००:००, १०:११ बजे १ मिनेट पढाइ

काठमाडौं, १३ कात्तिक । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)बीच भएको सम्झौताको अवधि सकिनुअघि नै अस्ट्रेलियाली प्रशिक्षक रसले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

उनको प्रशिक्षणमा नेपाली टोलीले एएफसी एसियन कप २०२७ को छनोट लगायतका महत्वपूर्ण खेलहरू खेलेको थियो । उनी एक वर्षको सम्झौतासहित २०८१ फागुन १८ गते नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।