११ मंसिर २०८१, मंगलबार 1732672725
Banner

७४९ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक, अब ४ पालिकाको आउन बाँकी

काठमाडौं । वैशाक ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म ७५३ पालिका मध्ये ७४९ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसअन्तर्गत नेपाली कांग्रेसले ३२४ पालिका जितेको छ । नेकपा एमालेले २०३ पालिका जतेको छ भने नेकपा माओवादी केन्द्रले १२१ पालिका जितेको छ । यसैगरी नेकपा एकीकृत समाजवादीले २०, जनता समाजवादी पार्टीले ३० र अन्यले ४६ पालिका जितेका छन् ।

मतगणना जारी रहेकामध्ये अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशमा काठमाडौं महानगरपालिका, प्रदेश नं १ मा उदयपुरको त्रियुगा नगरपालिका, लुम्बिनी प्रदेशमा रुपन्देहीको तिलोत्तमा नगरपालिका रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेले जानकारी दिनुभयो ।

काठमाडौं र तिलोत्तमामा पनि मतगणना अन्तिम चरणमै पुगेको छ । त्रियुगामा भने मतदानमै विवाद भएका कारण ढिलो गरी मतगणना सुरु भएकोले मतपरिणाम आउन समय लागेको हो ।

सुदूरपश्चिमको बाजुराको बूढीगङ्गा नगरपालिकामा भएको मतदानबारे आयोगले गरेको छानबिनका आधारमा निर्णय आउन बाँकी रहेको जनाएको छ ।