२६ भदौ २०८३, शुक्रबार 1789124916
Banner

मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं । आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी आन्दोलनको चेतावनी दिइरहेका मेडिकल व्यवसायी

प्रसाईंले सोमबार पत्रकार सम्मेलन गरी आफ्नो आन्दोलन नरोकिने घोषणा गर्दै मेची–महाकाली सबैतिर ठप्प पार्ने घोषणा गरेका थिए। उनी र उनका समर्थकहरूले “गणतन्त्र र भ्रष्टाचारको विकल्प” को रूपमा आन्दोलन गर्ने तयारी गर्दै थिए।

उनले “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ” नामक अभियानमार्फत बृहत् नागरिक मुक्ति आन्दोलन घोषणा गरेका थिए र समर्थकहरूलाई मंसिर ७ मा काठमाडौंमा शक्ति प्रदर्शनका लागि आउन आह्वान गर्दै आएका थिए।एवम् राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित उनकै घरबाट प्रसाईंलाई पक्राउ गरेको हो।उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं, भद्रकालीस्थित कार्यालयमा राखिएको छ।

प्रसाईंविरुद्ध शान्ति सुरक्षामा खलल पुर्‍याउन खोजेको अभियोग लगाइएको छ। आन्दोलनले हिंसा र असुरक्षाको अवस्था निम्त्याउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले बतायो ।