१ जेष्ठ २०८३, शुक्रबार 1778879602
समाचार

विजयपुर पुलमा ग्रिडर लन्च गरिने, १० दिन ४ घण्टाका दरले राजमार्ग बन्द हुने

पोखरा । पृथ्वी राजमार्ग अन्तर्गत विजयपुर खोलामा ग्रीडर लन्चिङका लागि दैनिक चार घण्टा सडक बन्द हुने भएको छ । पृथ्वी राजमार्गको पोखरा स्थित विजयपुर पुलमा ग्रीडर लन्च गर्न आंशिक र पूर्ण रूपमा सडक बन्द गर्न लागिएको हो ।

यो समयमा वैकल्पिक मार्ग प्रयोग गर्न सवारी साधनलाई आयोजनाले आग्रह गरेको छ । पुल निर्माणको लागि प्रिकाष्ट र प्रि स्ट्रेस प्रविधिको प्रयोग गरिएको छ ।

अहिले पुलमा गर्डरलगायतका संरचना निर्माण भइरहेको आयोजनाले जनाएको छ । १५ वटा गर्डर काष्टिङ भैसकेको बताइएको छ । तिनै गर्डहरूलाई निर्माणाधीन पुलमा ‘लञ्चिङ’ गर्नका लागि राजमार्ग बन्द गर्न लागिएको हो ।

योजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार, बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउँसो १२ बजेदेखि २ बजेसम्म सडक आंशिक र पूर्ण रूपमा बन्द हुनेछ । प्रत्येक ३० मिनेटमा जम्मा भएका गाडीलाई पास गर्ने गरी व्यवस्था मिलाइएको उनले सुनाए ।