३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 6:40 am
समाचार

सिमरामा जेनजीमाथि कुटपिट गरेको आरोपमा दुईजना वडाध्यक्ष पक्राउ

सूचना प्रेस २०८२ मंसिर ४ बिहिबार ००:००, १२:५६ बजे १ मिनेट पढाइ

सिमरा, ४ मंसिर । बाराको सिमरामा जेनजी समूह र एमाले कार्यकर्ताबीच भएको झडप प्रकरणमा जितपुर–सिमरा उपमहानगरपालिका–२ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा–६ का अध्यक्ष कैमद्विन अन्सारी पक्राउ परेका छन्।

जेनजीका साइकुस उपाध्यायले कुटपिटको उजुरी दिएको आधारमा प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको र अन्य संलग्नको खोजी जारी रहेको प्रहरी प्रमुख सन्तोष तामाङले बताए। घटनापछि जेनजी कार्यकर्ताले बिहीबार पथलैया सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए । सडक खुलाउने क्रममा प्रहरीसँग पनि झडप भएको थियो।